आज :

८ घण्टा विजुली तारमा बिताएका बिक भन्छन्– जनताले विश्वास गरे चुनावमा उठ्छु

  • अनलाइन डबली

काठमाडौँ । त्रिशुली थ्री ए को २ सय २० केभी प्रशारण लाइनमा दिनभर हिँडेर चर्चामा रहेका माइला भनिने प्रेम बिक चर्चामा रहेका छन् । विद्युत प्रसारण लाइनमा दिनभर वरपर हिडेर अहिलेसम्म कसैले पनि नगरेको काम गरेकाले बिक चर्चामा आएका हुन् ।

शनिबार विहान ९ बजेबाट प्रसारण लाइनको पोलबाट तारमा चढेपछि विद्युत लाइन बन्द गरिएको थियो । स्थानीय र प्रहरीले बिकलाई उद्धार गर्न नसकेपछि सेना परिचान गर्नुपरेको थियो । तल बोलाउँदा रक्सी ल्याएमात्रै झर्ने बताए थिए । गाउँलेले रक्सी भन्दै पानी ल्याएर भुँइमा राखेका थिए । तर, बिकले वास्ता गरेनन् ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका–१२ का काले भनिने प्रेम विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए । बिकलाई ८ घण्टापछि हेलिकोप्टरमार्फत नेपाली सेनाले उद्दार गरेको थियो । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको बताएका थिए ।

सकुशल उद्धार गरिएका बिकले आफू कसैको अनुमित लिएर विजुली तारमा नचढेकोले नमानेको बताए । उनले आफूलाई प्रधानमन्त्रीले सेना पठाएर निकालेको समेत बताए ।

संचारकर्मीसँग कुरा गर्दै बिकले आफूलाई जनताले विश्वास गरे अगामी संघ र प्रदेशमध्ये एकमा चुनाव लड्न सक्ने बताएका छन् । आफूलाई भगवानले विजुली तारमा सुरक्षित हिडाएको बताउँने बिकले संचारकर्मीको प्रश्नको जवाफ दिँदै भने, “जनताले विश्वास गरे चुनाव लड्न सक्छु ।” उनले आफूलाई सरकारको कुनपनि सहयोग आवश्यक नभएको समेत बताए ।

बिक नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका हुन् । उनलाई गाउँमा माइला र काले भनेर बोलाउने गरिएको थियो । गाउँका अनुसार माइला मानसिक रुपमा बिरामी पनि छन् । प्रहरीले पनि उनका क्रियाकलापबाट हैरानी भएको बताइएको छ ।

शनिबार दिनभर जसो माइलाकै चर्चा भयो । हिजो तारमा हिडेर चर्चामा आएपनि आज चुनाव लड्ने कुरा गरेर चर्चामा छन् । उनको उद्धारको लागि ऊर्जामन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी थिइन् ।

माइला बिकले सेनाले आफूलाई ननिकालेको भए राति आफू विजुली तारमै सुत्ने योजना रहेको बताए । दिनभर विजुली तारमा बिक हिडिरहेपछि त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको थियो । यसले विद्युत प्राधिरकणलाई एक करोडभन्दा बढी घाटा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal