आज :

सांसद यादवले किन दिए मन्त्रालयमै अनशन बस्‍ने चेतावनी ? यस्तो छ कारण

  • अनलाइन डबली

वीरगञ्ज । जनता समाजवादी पार्टीका सांसद रामबाबु कुमार यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए संघीय मामिला मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठोकाठोक गरेका उनले शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।

‘यो विभेद तथा प्रवृत्तिविरुद्ध मैंले विरोधको विगुल फुकेको हो । आफ्नो क्षेत्र तथा बाराको जनताको लागि मन्त्रीसँग मात्रै नभएर राज्यको जुनसुकै शक्तिसँत लड्न तथा संघर्ष गर्न तयार छु ।’ उनले भने ‘सिंहदरबार देख्न नपाएका जनताको लागि असार ३ गतेसम्मको अल्टिमेटम दिसकेको छु । यस्तो प्रवृत्ति सच्चिएन भने मन्त्रालयमै अनशन बस्छु ।’

यस्तै उनले मधेश प्रदेशको जनता करदाता, मतदाता र अन्नदाता मात्रै हुन ? त भनी प्रश्नसमेत गरेका छन् । संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उनको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal