आज :

नेप्सेको ओरालो यात्रामा लाग्यो ब्रेक, ६० अंकको सुधार

  • अनलाइन डबली

काठमाडौँ । सेयर बजारको लगातारको गिरावटमा बुधबार ब्रेक लाग्न पुगेको छ । बजार घटेर २ हजार नजिक आइपुगिसकेको बेला बुधबार एकै दिन ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

उसो त आज यता क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत ११.२५ अंकले बढ्दै ४००.३७ अंकमा उक्लिएको नेप्सेले जनाएको छ । यस दिन १३ वटै उपसमूह धनात्मक हुँदै बजार नै हरियाली भएको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.८४ प्रतिशतले, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बीमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका छन् ।

यस्तै, बैंकिङ समूह २.११ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.९ प्रतिशतले र म्युचुअल फन्ड १.१७ प्रतिशतले वृद्धि भएका छन् । २३१ कम्पनीका ५० लाख ५ हजार कित्तामाथिको सेयर बजारमा ३० हजार भन्दा बढी पटक किनबेच हुँदा आज १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal