आज :

काठमाडौंको न्युरोडमा एक जनाको शव फेला, घटनाबारे के भन्छ प्रहरी ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको महानगरपालिकाको न्युरोडस्थित रञ्जना सोडा गल्लीमा एकजना पुरुषको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए।

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो।

शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। उता दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर ह त्या गरेको खुलेको छ ।

राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको एसपी काफ्लेले बताए ।

‘पहिले आफू शौचलाय गएको बेला छोरी हराएको भनेकी थिइन्’ प्रहरी एसपी काफ्ले भने, ‘घटनाबारे बुझ्दै जादा किशोरी आफैंले नै सेप्टिक ट्यांकीमा फालेको कुरा स्वीकारेकी छन् ।’

प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् । शिशुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal