आज :

काठमाडौं शक्तिशाली विस्फोट, २ जना घाइते, थप विवरणसहित

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् ।

किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ६ जनाको सनाखत भएको छ ।

३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस आइतबार विहान रोहिणी पुलबाट नदीमा खस्दा मृत्यु हुने ६ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै सनाखत नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्‍यु हुनेहरुमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ कि ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा-२ योगीकुटीका ६५ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास रहेका छन् ।

यस्तै रुपन्देहीकै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्‍याल, भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द शर्मा छन् ।

परिचय नखुलेका ३ पुरुष ३० देखि ४५ वर्षसम्‍मका देखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए । घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal