आज :

संघ र प्रदेशको चुनाव बहिस्कार गर्ने विप्लव नेकपाको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघ र प्रदेश चुनाव सहभागी नहुने भएको छ । स्थानीय तह निर्वाचन स्वतन्त्र उम्मेदवार उठाएर उपयोग गरेको नेकपाको हालै बसेको १३ औं केन्द्रीय समितिको बैठकले आगामी संघ र प्रदेशको चुनावमा भाग नलिने निर्णय गरेको हो ।

नेकपाका एक केन्द्रीय सदस्यका अनुसार बैठकले स्थानीय तह निर्वाचनको गम्भीरतापूर्वक समिक्षा गरेको थियो । बैठकमा महासचिव विप्लवले स्थानीय चुनाव जनतासँग प्रत्यक्ष जोडिएकोले प्रयोग गरेको र अब हुने संघ र प्रदेश चुनावमा नलिने बताएका थिए । उनले आफ्नो पार्टीको पक्षमा अनेपक्षित परिणाम आउनुमा धेरै कारण रहेको समेत बताएका थिए । चुनाव शसक्त वा राजनीतिक बहिस्कार गर्नेबारे तत्कालिन अवस्था हेरेर निर्णय लिने बताइएको छ ।

“घोषित रुपमा नभएपनि अघोषित रुपमै भएपनि स्थानीय तह निर्वाचनमा सहभागी भएका थियौं । नेताहरुले भनेको जस्तो परिणाम त आएन । यसमा हामीले धरातलीय यर्थाताको मूल्यंकन गर्न नसकेकै कारण अनेपक्षित परिणामको समना गर्न बाध्य भयौं” एक केन्द्रीय सदस्यले बताए ।
अनलाइन डबलीसँग कुरा गर्दै उनले चुनावको परिणामले नेताहरुको दम्भ र घमण्डलाई साइजमा ल्याएको समेत बताए ।

“१५० सिट जितिन्छ भन्दै नेताहरुले हामीलाई जबरजस्त चुनावमा भाग लिन निर्देशन दिनुभएको थियो । हामी पार्टीको निर्देशन मानेर चुनावमा भाग लिन पुगेका थियौँ, हामीले भनेको कुरा नेताहरुले सुन्नु नै भएन, अहिले परिणामले उहाँहरुमा मौलाइरहेको दम्भलाई पनि साइजमा ल्याएको छ” ती नेताले भने । उनले चुनावको परिणामले पार्टीलाई नयाँ ठाउँमा पुर्याउने विश्वास समेत व्यक्त गरे ।

अहिलेकै अवस्थामा चुनाव उपयोगले क्रान्तिकारीहरुको पक्षमा परिणाम आउँदैन भनेर बहुसंख्य नेताहरुले भनेपनि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको जोडबलमा पार्टी चुनाव उपयोगमा पुगेको उनले बताए । पार्टी विभाजन हुने गरी चुनाव उपयोग गर्नु गलत थियो भन्ने कुरा परिणामले बताएको ती नेताले बताए ।

पार्टीको १२ औं केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गर्ने भन्दै दस्तावेज पेश गरेका थिए । बहुसंख्य केन्द्रीय सदस्यहरुले उक्त दस्तावेजको विपक्षमा उभिएका थिए । चुनाव उपयोग सही नहुने भन्दै सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओलीले फरक मत राखेपछि बैठकमा दुई कित्ता बनेको थियो । महासचिवको प्रस्तावमा बहुमत जुट्न नसक्दा न उपयोग न बहिस्कारको निर्णय गरेको थियो । तर, महासचिव र प्रवक्ताले मोर्चा दर्ता गराएरैजाने कसरत गरेपछि विवाद बढ्दै गएको थियो । बैठकमा पार्टी कमिटीमा बहाल रहेर चुनावमा नजाने निर्णय गरेपनि केन्द्रीय सदस्यहरु नै खुलेर चुनावमा सहभागी भएपछि पार्टी विभाजन भएको थियो ।

अहिले बास्तोलाका नेतृत्वमा नेकपा (बमुहत) गठन गरिएको छ । दुबै पार्टीले आफ्ना गतिविधि बढाएका छन् । नेकपा बहुमतले देशभर कार्यकर्तालाई प्रशिक्षण चलाइरहेको छ । हालै १३ औंँ पूर्ण बैंठक सकेर नेकपाले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेको थियो ।
नेकपाको शनिबारबाट राजधानीमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । उपत्यका स्तरिय प्रशिक्षणबाट जिल्ला सदस्य र विशेष कमिटी सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal