आज :

बदलियो टर्की देशको नाम, तपाई पनि थाहा पाउनुहोस राखियो यस्तो नयाँ नाम

  • अनलाइन डबली

काठमाडौं । युरोपेली देश टर्की (Turkey) अब टर्किये (Turkiye) हुने भएको छ । टर्कीले नाम बदलेर टर्किये राख्नको लागि गरेको अनुरोधलाई संयुक्त राष्ट्र संघले स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै यो निर्णय भएको हो ।

विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।

नाम परिवर्तन गर्नुको कारण
सन् १९२३ मा स्वतन्त्र भएदेखि नै देशको नाम टर्की राखिएको थियो । तर टर्कीलाई टर्किस भाषामा टर्किये भनिने गरेको छ ।

तर अंग्रेजीमा टर्कीको अर्थ फरक छ । गुगलमा टर्की (Turkey) सर्च गर्दा भेटिने तस्वीरले नै यसबारेमा स्पष्ट हुन सकिन्छ । अर्थात गुगलमा टर्की खोज्दा ल्याटिन अमेरिकाको पंक्षी टर्की भेटिन्छ ।

क्याम्ब्रिज डिक्सनरीमा पनि टर्कीको अर्थ फरक छ । क्याम्ब्रिज डिक्सनरीले टर्कीको अर्थ बेबकुफ वा मुर्ख जनाउँछ ।

त्यसैले टर्कीले देशलाई अंग्रेजी नामबाट नभइ स्थानीय नामबाट नै चिनाउनका लागि राष्ट्र संघमा नाम परिवर्तनको प्रस्ताव राखेको थियो । यसअघि नै टर्कीका विभिन्न संघ संस्थाले आफ्नो नाममा टर्किये प्रयोग गर्न थालेका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal