
काठमाडौँ । गैर आवसीय संघ (एनआरएनए)का अध्यक्ष विनोद कुँवरले नेपाल राष्ट्र बैंकको बचत पत्रमा लगानी गर्न गरी उच्च मुनाफा प्राप्त गर्न अपील गरेका छन् । राष्ट्र बैंकले रोजगारीको लागि देश बाहिर रहेका र फिर्ता भएका नागरिकको लागि जारी गरेको बचत पत्रमा खुला गरेको छ ।
अध्यक्ष कुँवरले यही जेठ १८ देखि असार ६ गतेसम्म राष्ट्र बैंकले गैर आवासीय नेपाली, बैदेशिक रोजगारमा रहेका नेपाली र बैदेशिक रोजगारबाट नेपाल फर्की सकेका नेपालीहरुलाई लक्षित गरि १२,५ प्रतिशत ब्याजदरको ५ बर्षीय बैदेशिक रोजगार बचतपत्र जारी गरेको बताउँदै उक्त बचत पत्रमा बचत गर्न सबै एनआरएनएका सदस्यहरुलाई अपील गरेका हुन् ।
“सम्पूर्ण गैर आबासीय नेपाली मित्र हरुलाई उक्त अवसरको सदुपयोग गरि समयमानै उच्च मुनाफा प्राप्त हुने नेपाल राष्ट्र बैंकको बचत पत्रमा लगानी गर्न अनुरोध गर्दछु” कुँवरले भने । उनले गैर आबासीय नेपालीहरुलाई बचत पत्र प्रदान गरेकोमा नेपाल राष्ट्र बैंकलाई धन्यबाद समेत दिए ।
अध्यक्ष कुँवरले राष्ट्र बैंकले बचत पत्रमा बचत गर्न अपीलको लागि आफूहरुलाई आग्रह गरेको समेत जानकारी दिए । आफूले बचत पत्रमा आजै खाता खोल्न लागेको कुँवरले बताए ।
बचत पत्र याे लिंकमा गएर भर्न सकिने छ-(https://obss.nrb.org.np/saving/)
यस्तो छ राष्ट्रको बचत पत्र सम्बन्धी सूचनाः