आज :

अभिनेत्री मिरुनाले कोसंग किन मागिन माफी ? गरिन यस्तो अपिल, विज्ञप्तिसहित

  • अनलाइन डबली

काठमाडौं । ‘कबड्डी’ अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् ।

गलत दुर्व्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी छन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ उनले भनेकी छन् ।

‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’

जेठ १५ गते सिभिल मलको कफी सपमा फूर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फूर्पालाई पक्राउ गरेको थियो ।

तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफीसमेत मागेका थिए । मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएपछि विवाद मत्थर भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal