आज :

‘बजेट स्वागयोग्य, कार्यान्वयन भए देश आत्मनिर्भतारित जान्छ’

  • अनलाइन डबली

काठमाडौँ । सरोकारवालाहरुले सरकारले संसदमा पेश गरेको बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने बताएका छन् । उनीहरुले आयतलाई प्रतिस्थापन र कृषि क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक भएको बताए ।

संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रि बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यपार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको बताए ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रिले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । “राजनीतिक वृतमा विरोधी खेमामा रहेका नेताहरुले श्रीलंका उर्जा बनेको छ, श्रीलंकाको उदाहरण दिएर नेपाली अर्थतन्त्र पनि त्यही बाटोमा जाँदैछ भन्ने गरिन्छ । उनीहरुले अहिलेको सरकार आएपछि ऋण बढेर गएको छ, विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरु घट्दै गइसकेका छन् भनेर चर्चाबीच आएको बजेटले नयाँ आशाका किरण देखाएको छन्” क्षेत्रिले भने ।

यसअघि सरकारले महंगीलाई ६ प्रतिशतभन्दा माथि नजाने भनेपनि यो बजेट आउने बेलासम्म ७ प्रतिशत भन्दा बढी पुगेको बताउँदै क्षेत्रीले अघिल्लो सरकारले भनेको कुरा पूरा भयो त भन्ने प्रश्न उठेको बताए । उनले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने र विप्रेशण घट्ने गरेको चर्चामा रहेको बताए ।

विदेशी मुद्रा संचिती ११ अर्बबाट ९ खर्बमा पुगेको बताउँदै त्यो कुनै व्यक्तिका कारण नभएर आयत बढ्नु र निर्यत घट्नु यसको मुख्य कारण रहेको बताए । उनले विदेशी मुद्रा संचिती पनि पसिना आउने गरी घटेको बताए । त्यसलाई पनि बजेटले आयतलाई पतिस्थापन गर्ने बजेटमा घोषणा गरेको क्षेत्रिले बताए ।

नेपाल कृषि प्रधान भनिएपनि जमिन बाँझो हुँदै गएको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट कृषि क्षेत्रमा छुट्याउने र मलदेखि प्राविधिक सहयोग गर्ने घोषणा हुनु सकारात्मक भएको क्षेत्रिको भनाई थियो । “यसपटक सरकारले सबभन्दा बढी कृषि क्षेत्रलाई बजेट छुट्याइएको छ । मलदेखि प्राविधिक सुविधा पनि, जस्तो प्राविधिकलाई पालिकामै राखिदिन्छौं भनेको छ । जमिन हुनेले कृषि नगर्ने, कृषि गर्नेसँग जमिन नहुने समस्या थियो, अब बजेटले कृषक समूह बनाएर आएपछि सरकारले सहयोग गर्ने घोषणा भएको छ” क्षेत्रीले भने । सरकारले कार्यान्वयनप्रति प्रतिवद्धता बताउँदै क्षेत्रिले बजेटले आत्मनिर्भरतातिर लैजाने विश्वास बढेको बताए । वैदेशिक लगानी पनि विगतको तुलनामा बढेको बताए ।

कार्यक्रममा बोल्दै क्षेत्रीले वृद्धभत्ता राज्यले सहयोग आवश्यक भएका जेष्ठ नागरिकले मात्रै लिने उद्देश्यसहित ६८ बर्षमा उपलब्ध गराउने बजेटमा घोषणा आएको बताए । उनले राज्यको अर्को निकाय वा सक्षमलाई नैतिक रुपमा लिनु नहुने भन्दै सरकारले त्यस्ता व्यक्तिहरुलाई सम्मान गर्ने समेत बताए ।

त्यस्तै, गैर आवशीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटलाई स्वागतयोग्य भएको बताएका छन् । कुँवरले परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्याउने प्रयास गरेको बताए । बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग रहेको बताउँदै बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले विदेशमा कमाएको रकम र सीपलाई नेपालमै लगाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।

त्यस्त, बजेटले ऊर्जा क्षेत्रलाई सम्बोधन गरेको बताए । उनले आफूले पनि नेपालमा ऊर्जा क्षेत्रमा लगानी गरेको बताउँदै अध्यक्ष कुँवरले बजेटले उत्पादन भएको ऊर्जा खपतको समस्यालाई पनि सम्बोधन गरेको बताए ।

अध्यक्ष कुँवरले वैदेशिक लगानी भित्र्याउन वानडोर नीति आवश्यक भएको बताए । नेपालमा डकुमेन्टमा समस्या भएको बताउँदै भने, “गैर आवशीय संघका साथीहरुले लगानी गर्ने भनेर नेपाल आउछन् तर डकुमेन्टमा निकै झन्झट छ, त्यो पार गर्न नसकेर लगानी फिर्ता हुने गरेको छ । सरकारले अब वानडोर पोलिसी बनाउनुपर्छ ।” उनले विदेशीलाई पाँच करोडबाट दुई करोड लगानी गर्न पाउने कुरा बजेटमा समेटिनु सकारात्मक कुरा भएको बताउँदै विदेशी लगानी बढ्न अपेक्षा गरे ।

विदेशीमा लगानी गर्दा सरकारी प्रक्रिया निकै सहज हुने गरेको बताउँदै अध्यक्ष कुँवरले नेपालमा लगानी गर्न आउने विदेशी नागरिकले त्यस्तै खोज्ने बताउँदै त्यसमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले बजेट हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै यसको कार्यान्वयन पाटो मुख्य भएको बताए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य संदिप कुमार अग्रवालले सरकारले संसदमा पेश गरेको आगामी वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएको बताएका छन् । बजेटले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुको साथै यसका कमीकमजोरीलाई केलाएको बताए ।

महासंघकाे तथा कर तथा राजस्व समितिका सभापति  समेत रहेका अग्रवालले भने, “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनको लागि हाम्रो अर्थतन्त्रमा भएका कमीकमजोरी केलाउने सरकारले राम्रो प्रयास गरेको छ । नयाँनयाँ निती नियमको थालनी गरेको छ । निर्यत र कृषि क्षेत्रका समस्या पनि सम्बोधन गर्ने प्रयास गरेको छ । युक्रेन युद्ध र कोभिड–१९ को समस्याले के देखाएको छ भने खाद्य सुरक्षामा हामी आत्मनिर्भर बन्नुपर्छ तर हामी आयतमै निर्भर छौँं, यस पटकको बजेट कृषिलाई बढवा दिने प्रयास गरेको छ ।” उनले विदेशबाट आउने नेपाली कामदारले नेपालीमै लगानी गर्ने र उनीहरुका एयरपोटमा जानेलगायतका केही व्यवहारिक कठिनाई पनि सरकारले समाधान गर्ने आशा महासंघले लिएको बताए ।

निर्यातलाई प्रोत्साहन गर्ने नीति स्वागयोग्य रहेको बताउँदै अग्रवालले भने, “निर्यतको लागि सरकारले नयाँ उत्पादनको आईडेन्टीफिकेशन गरेर खासगरी, सिमेन्ट, स्टील, फुटवेयर, पानीलाई नगद प्रोत्साहन दिने नीति आफैमा स्वागतयोग्य छ, यसबाट नेपालले आफ्नै सिमेन्ट उत्पादन गरेर, आफ्नै चुन ढूंगाको खानीबाट सिमेन्ट उत्पादन गरेर निर्यत गरेमा व्यपार घाटा कम गर्ने सहयोग पुग्नेछ ।” निर्यतमा छुट गरिएका बस्तुहरुमा फेरि छुट दिनु राम्रो कुरा भएको भन्दै अग्रवालले छुटेका बस्तुहरुमा यो व्यवस्थाप गर्नेमा महासंघले आशा गरेको बताए । उनले सरकारी सेवालाई पूर्णरुपमा डिजिलाईटेशन गर्नुपर्नेमा जोड दिए ।

अग्रवालले निजी क्षेत्रले उदारो संकलन गर्न नसकेको बताउँदै नीति आवश्यक रहेको बताए । “निजी क्षेत्रको मागमध्ये उदारो संकलन पनि हो, करोबारलाई बिल विजग मानेर निजी क्षेत्रले आफ्नो उदारो संकलन गर्न सकेको छैन, उदारोको चेपुवामा नीजी क्षेत्र छ, सरकारले उदारो संकलन सम्बन्धी कानुन ल्याईदिएको भए राम्रो हुने थियो” अग्रवालले भने । राजस्व न्याधिकरण सम्बन्धी नीति खुकुलो बनाउन पनि महासंघको माग रहेको अग्रवालले बताए । राजस्व संकलनमा पनि सरकारले महत्वकांक्षी योजना ल्याएको बताउँदै अग्रवालले बजेट पूर्ण कार्यान्वनयको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal