आज :

एकाएक कसरी घट्यो बालेन शाहको १० हजार मत ? प्रेस ब्रिफिङमा ८ हजार ३७ मत मात्रै भनेपछि….

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा जारी मतगणनाको मतपरिणाम बेलाबेला जानकारी गराउने गरेको छ । अध्यावधिक मतपरिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले भर्चुअल माध्यममार्फत बुलेटिनकै रुपमा सार्वजनिक गर्ने गर्छ ।

बुधबार ‘२६ औं मत परिणाम सार्वजनिक’ गर्न आयोजित प्रेस ब्रिफिङमा सूचनादाता चिप्लिँदा केही असहज अवस्था बन्न पुग्यो । हालसम्म गणना भएको मतको विवरणबारे जानकारी दिन उपस्थित थिए, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना प्रविधि सहायक गोविन्द झा । उनले मत परिणाम गलत बाचन गरिदिएपछि गणना सुन्न उपस्थितहरु अन्योलमा देखिए ।

उनले लौरो चुनाव चिह्नमा चुनाव लडेका बालेन्द्र शाहले ८ हजार ३७ मत मात्रै पाएको भनिदिए । लगातार मेयर र उपमेयर पदको मतपरिणाम सार्वजनिक गरेपछि बिदाबारी भइसकेका उनलाई अन्तिम समयमा कसैले बालेनको १० हजार मत कम बाचन भएको भनेर भनेपछि सच्याए ।

उनले भने, ‘अघि प्रशारण भएको मेयर पदको उम्मेदवार मध्ये लौरो पदको १८ हजार ३७ हुनुपर्नेमा अन्यथा हुन गएकाले लौरोको हालसम्मको मत परिणाम १८ हजार ३७ रहेको हो ।’

ओलीको जन्म जिल्ला अब रहेन एमालेको किल्ला

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुममै एमालेलाई स्थानीय निर्वाचनमा ठुलो धक्का लागेको छ । विगतमा एमालेको गढ भनेर चिनिएको यो जिल्लामा अहिले सत्तारुढ गठबन्धनका सामु एमाले निरीह देखिएको हो ।

दुई नगरपालिका र चार गाउँपालिका गरी जम्मा ६ स्थानीय तह रहेको यो जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले पाँच वटा पालिका जितेको थियो । स्थानीय तहको निर्वाचन २०७९ मा भने एमालेले तीन वटा पालिकामा मात्र जित हासिल गरेको छ । एमालेले जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको छ ।

तेह्रथुममा म्याङ्लुङ र लालीगुराँस गरी दुईवटा नगरपालिका छन् भने आठराई, छथर, फेदाप, मेन्छायाम गरी चारवटा गाउँपालिका छन् । यसपटकको निर्वाचनमा यो जिल्लाका ४ वटा गाउँपालिका र दुई नगरपालिकाका प्रमुख पद काँग्रेस र एमालेले आधा आधा हात पारेका छन् । काँग्रेसले आठराई तथा फेदाप गाउँपालिका र लालीगुराँस नगरपालिकामा विजय हासिल गरेको छ भने एमालेले छथर तथा मेन्छायाम गाउँपालिका र म्याङ्लुङ नगरपालिकामा विजय हासिल गरेको छ ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेले आठराई, छथर, फेदाप, मेन्छायाम गाउँपालिका र म्याङ्लुङ नगरपालिकाको प्रमुखमा विजय हासिल गरेको थियो भने लालीगुराँस नगरपालिकामा काँग्रेसले जितेको थियो । यस्तै आठराई, छथर, फेदाप र म्याङ्लुङ नगरपालिकाका उपप्रमुख पदमा एमालेले र लालीगुराँस नगरपालिकाको उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको थियो ।

आठराई गाउँपालिका
स्थानीय निर्वाचन २०७९ मा आठराई गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दिलकुमार पाहिम निर्वाचित भएका छन् । उनले ४ हजार ६९२ मत प्राप्त गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र थपलियालाई ६८४ मतअन्तरले हराएका छन् । थपलियाले ४ हजार ८ मत प्राप्त गरे ।

यसैगरी यो गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बलिराज इङ्नाम निर्वाचित भएका छन् । उनले ४ हजार ८० मत ल्याएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका रूपादेवी कन्दङ्वालाई १० मतको अन्तरले हराएका छन् । कन्ङ्वाले ४ हजार ७० मत प्राप्त गरिन् ।

२०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा नेकपा एमालेका मानबहादुर लिम्बू ३ हजार ८४७ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका नारायणकुमार इङ्नामलाई १०३ मतले पराजित गरेका थिए । इङ्नामले ३ हजार ७४४ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकै रूपादेवी कन्दङ्वाले ३ हजार ९६३ मतका साथ जित हासिल गरेकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी रमिला खनाललाई ९९२ मत अन्तरले पराजित गरेकी थिइन् । खनालले २ हजार ९७१ मत प्राप्त गरेकी थिइन् ।

छथर गाउँपालिका
छथर गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसमेतको गठबन्धनलाई एमालेले पराजित गरेको छ । अध्यक्ष पदमा नेकपा एमालेका सन्तवीर लिम्बू निर्वाचित भएका छन् । उनले ३ हजार ९१५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर इन्साङले ३ हजार ३०६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी तारा खरेल निर्वाचित भएकी छन् । उनले ३ हजार ७६२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज लिम्बूले ३ हजार ६०२ मत प्राप्त गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष पदमा एमालेकै सन्तवीर लिम्बूले विजयी भएका थिए । उनले त्यतिबेला ३ हजार ४२६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका टेकबहादुर लिम्बूले २ हजार ५५२ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी तारा खरेल ३ हजार ३६८ मतका साथ विजयी हुँदा काँग्रेसकी हिमामाया पौडेल भट्टराईले २ हजार ४८९ मत प्राप्त गरेकी थिइन् ।

फेदाप गाउँपालिका
फेदाप गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् । उनले ४ हजार ४१ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेका हरिप्रसाद चोङ्वाङ लिम्बूलाई १६२ मतले पराजित गरेका हुन् । लिम्बूले ३ हजार ८७९ मत प्राप्त गरे ।

यसैगरी यो गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी सुनिता पहिम विजयी भएकी छन् । उनले ३ हजार ९८५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेकी गीतादेवी थापालाई २६० मतको अन्तरले पराजित गरेकी हुन् । थापाले ३ हजार ७२५ मत प्राप्त गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा एमालेका हरिप्रसाद चोङ्वाङ लिम्बूले ३ हजार ४३९ मतका साथ जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँगे्रसका केशवप्रसाद भेटवालले ३ हजार २२० मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी गीतादेवी थापाले ३ हजार ४३४ मत प्राप्त गरी जितेकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाप्रसाद लिम्बूलाई १ हजार ७३३ मत अन्तरले पराजित गरेकी थिइन् । उनले १ हजार ७०१ मत प्राप्त गरेका थिए ।

मेन्छायाम गाउँपालिका
मेन्छायाम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ विजयी भएका छन् । उनले २ हजार ५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनकुमार लिम्बू भने ३४ मतको अन्तरले पराजित भए । पराजित लिम्बूले २ हजार २१ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी गीतादेवी तिम्सिना निर्वाचित भएकी छन् । उनले एक हजार ९८६ मत प्राप्त गरेकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी प्रेमलता घिमिरेलाई १२ मतको अन्तरले पराजित गरेकी हुन् । प्रेमलता घिमिरेले एक हजार ९७४ मत प्राप्त गरिन् ।

२०७४ सालको निर्वाचनमा भने अध्यक्ष पदमा एमालेका यादवबहादुर खापुङ एक हजार ६८३ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले काँगे्रसका देउबहादुर लिम्बूलाई १८७ मत अन्तरले पराजित गरेका थिए । देउबहादुरले एक हजार ४९६ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी गीतादेवी तिम्सिनाले एक हजार ४८६ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शङ्करलाई ६६ मत अन्तरले पराजित गरेकी थिइन् । शङ्करले एक हजार ४२० मत प्राप्त गरेकी थिइन् ।

लालीगुराँस नगरपालिका
लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अर्जुन माबोहाङ निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ५ हजार १३९ मत प्राप्त गरे ।

माबोहाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशकुमार लिम्बूलाई एक हजार ७९५ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका लिम्बूले ३ हजार ३४४ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसकी जमुना मगर कार्की ४ हजार ८८७ मतसहित निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेकी छविमाया तिम्सिनालाई एक हजार २९३ मतको अन्तरले पराजित गरेकी हुन् । छविमायाले ३ हजार ५९४ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा काँग्रेसका अर्जुनबहादुर माबोहाङ ३ हजार ८५१ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले एमालेका कमलबहादुर खड्कालाई एक हजार २५ मत अन्तरले पराजित गरेका थिए । खड्काले २ हजार ८२६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी तीला पोखरेलले ३ हजार २०० मत प्राप्त गरी विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी जमुना मगरले ३ हजार ७७ मत प्राप्त गरिन् ।

म्याङ्लुङ नगरपालिका
म्याङ्लुङ नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहङ्फे निर्वाचित भएका छन् । उनी ५ हजार ११७ मत ल्याई विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अर्जुनबहादुर तुम्बाहाङ्फेलाई ६३९ मत अन्तरले पराजित गरेका हुन् । काँग्रेसका अर्जुनबहादुरले ४ हजार ४७८ मत ल्याई पराजित भएका हुन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत प्राप्त गरिन् ।

यसअघि २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फेले ३ हजार ८९० मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले काँग्रेसका रणबिक्रम लिम्बूलाई ३२२ मत अन्तरले पराजित गरेका थिए । लिम्बूले ३ हजार ५६८ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी पार्वती सानु डाँगीले ४ हजार ६३ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उमादेवी कार्कीले ३ हजार २४२ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal