आज :

युद्धको नाममा भ्रष्टाचार खेलमा जेलेन्स्की ! लाखौं युक्रेनी सडकमा, सेना पनि प्रदर्शनकारीकाे साथमा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध लाखौं जनता सडकमा निस्किएका छन् । केही दिनदेखि रुसले हमला भिषण बनाइरहेको बेला राजधानी किभलगायतका मुख्य शहरमा लाखौं नागरिक विरोधमा उत्रिएका छन् ।

जेलेन्स्कीले भ्रष्टाचारीलाई संरक्षण गर्नेगरी संसदबाट एउटा कानुन पारित गरेपछि आम नागरिक विरोधमा उत्रिएका हुन् । नयाँ कानुनले जेलेन्स्कीले युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयको निरीक्षण बढाउने छ ।

नयाँ कानुनले राष्ट्रपति जेलेन्स्कीद्वारा नियुक्त महान्यायाधिवक्तालाई अनुसन्धानको नियन्त्रण गर्न अधिकार दिएको छ । यो निर्णयले पारदर्शिता, लोकतन्त्र र युद्धको आधारभूत उद्देश्यमाथि प्रहार गर्ने भन्दै नागरिक सडकमा निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

जेलेन्स्कीले युद्धको नाममा भइरहेको भ्रष्टाचारलाई ढाकछोप गर्न नयाँ कानुन ल्याएको आरोप लगाइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्स्कीले भ्रष्टाचारलाई ढाकछोप गर्न लागेको संकेत गरेका थिए ।

यसैबीच युरोपेली संघ र जी–७ देशहरूले पनि जेलेन्स्कीको कदमको विरोध गरेका छन् । धेरै घाइते सैनिकहरूले यसलाई मोर्चामा लडिरहेका सैनिकहरूप्रति विश्वासघात ती देशका अधिकारीहरुले बताएका छन् । नयाँ कानुनले युक्रेनको ईयू सदस्यताको सम्भावनालाई असर गर्न सक्ने चेतावनी ती देशहरुले दिएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले लाखौं डलरको भ्रष्टाचार अनुसन्धान विचाराधीन रहेको र एजेन्सीहरूको जवाफदेहिता निश्चित गर्न आवश्यक भएको बताए । युद्धको नाममा आएको अर्बौ डलरमा भ्रष्टाचार भइरहेको आरोप लागिरहेको बेला जेलेन्स्कीले त्यस्तो कानुन ल्याएका छन् ।

जेलेन्स्कीले ल्याएको यो कानुन रुसी हमलाभन्दा ठूलो भएको प्रदर्शनकारीले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal