
काठमाडौँ । रुसी वरिष्ठ अधिकारीले तेस्रो विश्वयुद्ध सुरु भइसकेको बताएका छन् । रुसी रणनीतिकार दिमित्री त्रेनिनले तेस्रो विश्वयुद्ध सुरु भएको बताउँदै अबको युद्ध पहिलो र दोस्रो विश्वयुद्धजस्तो नहुने पनि दाबी गरेका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिन निकट दिमित्रीले विश्वमा विभिन्न मोर्चामा युद्ध जारी रहेको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई पुनः हतियार सप्लाई सुरु गर्ने घोषणासँग रुसी अधिकारी दिमित्रीको भनाई सार्वजनिक भएको छ ।
ट्रम्पले पुटिनलाई ५० दिनको अल्टिमेटम समेत दिएका छन् । ट्रम्पले लामो दूरीका हतियार पश्चिमा देशमार्फत युक्रेनलाई दिने बताएको छ ।
सो अवधिमा पनि युद्धविराम नभए थप प्रतिबन्द, भारी कर लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पको चेतावनीको जवाफ फर्काउँदै रुसका विदेशमन्त्री सर्गेई लाभरोभले यसअघिका चेतावनी र प्रतिबन्धलाई पार गरेर अहिलेको ठाउँमा पुगेको बताएका छन् । उनले ट्रम्पको चेतावनीको आसय आफूले बुझ्न चाहेको समेत बताएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।
अमेरिकाले दिएको नयाँ खेपको हतियार मस्कोसम्म मार हान्न सक्ने अत्याधुनिक रहेको पश्चिमा देशका संचारमाध्यमहरुले बताएका छन् । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग मस्कोसम्म हान्न सक्छौं ? भनेर ट्रम्पले सोधेको पनि समाचार सार्वजनिक भएको छ ।