
काठमाडौं। मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले विद्यार्थीलाई मानसिक यातना दिएको भन्दै केएमसी कलेजमा प्रदर्शन गरेको छ । शुक्रबार बागबजारस्थित सो कलेजमा ब्यानरसहिति प्रदर्शन गरेको संगठनका उपत्यका ब्यूरो इन्चार्ज प्रवेश रुम्बाले जनाएका छन् ।
सो कलेजमा अध्यनरत छात्रालाई कलेज प्रशासनले मानसिक तथा शारीरिक यातनासँगै यौन दुव्र्यवहार गरेको भन्दै चेतावनीमूलक कालो ब्यानर टाँसेर प्रदर्शन गरेको छ । गत साउन ११ गते संगठनको काठमाडौं जिल्ला समिति संयोजक निर्मला लुवारले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिन माग गरेकी थिइन् ।
विज्ञप्तिमा भनिएको छ,“कलेज प्रशासनबाट विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक यातना दिने, यौन शोषण गर्ने, धम्क्याउने जस्ता अनैतिक दुव्र्यवहार भयरहेको गुनासो विद्यार्थीहरुबाट आएको छ । केएमसी कलेजको लागि यो घटनना नयाँ होइन, यस्ता घटना पटकपटक दोहोरिनु दुःखत विषय हो । यस्ता अमानविय दुरव्यवहारले क्याम्पस प्रशासन विद्यार्थीहरुको संवेदनशीलतालाई खेलबाड गरिरहेको पुष्टि हुन्छ ।”
न्याय दिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न संगठन जोडदार मागर्दछ उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,“यदि तत्काल हाम्रो माग पूरा नभए हाम्रो संगठन संघर्ष गर्न बाध्य हुने र उक्त संघर्षबाट निम्तने परिणामको जिम्मेवार सम्बनिधत निकाय नै हुनेसमेत चेतावनी विज्ञप्तिमार्फत चेतावन दिन्छौं ।”
सो चेतावनीको कुनै सुनुवाई नभएपछि शुक्रबार पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडा, संगठनका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ, उपत्यका ब्यूरो इन्चार्ज प्रवेश रुम्बा, काठमाडौं जिल्ला संयोजक निर्मला लुवारलगाय ले ब्यानरसहिति उपस्थित भएर विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले कलेज प्रशासनले संगठनको ध्यानाकर्षणलाई सामान्यरुपले लिएको र गैरजिम्मेवार बनेकोले थप संघर्षका कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।