आज :

स्वीडेनको पार्टिले ह्याण्ड्बल बिस्वकपमा देशको प्रतिनिधित्व गर्दै सहभागी नेपाली बिद्यार्थीहरु फर्किए

  • अनलाइन डबली

काठमाडौँ  । स्वेडनस्थित प्रतेक बर्ष रमणीय समर मौसममा आयोजना हुने पार्टिले ह्याण्ड्बल बिस्वकपमा यस बर्ष देशको प्रतिनिधित्व गर्दै सहभागी बिद्यार्थीहरु स्वदेश फर्केका छन् । प्रतियोगितामा सहभागी हुन कोच विराजमान बज्राचार्य र बैशाली लामाको नेतृत्वमा बेस्ट एलिमेण्टरि स्कुल लाजिम्पाटका बिद्यार्थी लगायत विभिन्न स्कुलहरु गरि जम्मा १६ जना बालबालिकाहरुका साथै सो विद्यालयबाट पलिस्था श्रेष्ठ, मुन महर्जन, सुरसा श्रेष्ठको सहभागिता रहेको थियो ।

नेपाल ह्यनड्बल एसोसिएसनको आयोजनामा लगायत अन्य बालबालिकाहरु सहभागिता थियो । उक्त बिस्व चर्चित खेलकुदको कुम्भमा ३५ रास्ट्रको १२७२ टिमहरुले जम्मा ४२८८ वटा म्याचहरुमा भाग लिएका थिए । यस्ता अन्तरास्ट्रिय कार्यक्रमहरुमा नानिबाबुहरुलाई सानै उमेर देखि सहभागी गराउनुको उदेश्य जित्नु वा हार्नु मात्र नभएर, प्रिन्सिपल सुष्मा लामाले आफ्नो धारण ब्यक्त गर्दै “खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो जहा विश्वका शक्तिशाली राष्ट्र र गरिब रास्ट्रका खेलाडीहरु एउटै खेल मैदानमा आपसी मेलमिलाप भाइचाराका साथ खेल खेल्ने गर्दछ” जसले गर्दा विश्व शान्ति कायम गर्न मदत गर्दछ ।

सहभागी बिध्यार्थिहरुका अभिभावाक्ज्युहरुले आफ्ना नानिबाबुहरुलाई सहभागी गराइदिनुभयेकोमा विद्यालयलाई भविस्यमा पनि यस्तै कार्यक्रमहरुमा सहभागी गराइदिन अनुरोध गर्दै धन्यबाद ज्ञापन गर्नु भयो ।

फोटोहरु –

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal