
कीर्तिपुर । जनतासँग घुलमिल हुनको लागि नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिले यहाँस्थित कीनपा वडा ७ मा अवस्थित बिष्णुदेवी मन्दिर र चिहानमा सरसफाई गरेको छ ।
पूर्व भूमिसुधार राज्यमन्त्री दिलिप महर्जनको नेतृत्वको समूहले उक्त स्थानमा रहेका फोहरमैला, झारपातलगायतलाई व्यवस्थापन गरेको हो ।
जनतासँग माओवादी, नेवाः तामाङ केन्द्रित उपत्यका जागरण अभियान अन्तर्गत सरसफाई गरिएको कीर्तिपुर समितिका अध्यक्ष वैकुष्ठ महर्जनले जानकारी दिनुभयो ।
परापूर्वकालदेखि सो चिहानमा लासलाई दागबत्ति दिएर फर्कने चलन रहेको छ । अर्काे दिन मात्र खरानी विसर्जन गरिन्छ । यस चिहानमा महर्जन, सिंह, डंगोलको मुख्य चिहान र श्रेष्ठ र शाही (खड्गी)हरुको छुट्टा छुटै तीनवटा चिहान रहेका छन् ।
जानकारहरुका अनुसार यस घाटमा अहिलेसम्म कुनै पनि प्रकारले संघसंस्थाहरुले सरसफाई गर्ने कार्यक्रम राखेका थिएन ।