आज :

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

  • अनलाइन डबली

 

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ ।

बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन । कानुन बनाउँदाखेरि जति संवेदनशील भएर बनाइन्छ, त्यसलाई व्यवहारमा पनि त्यत्तिकै संवेदनशील भएर लागू गर्न आवश्यक छ ।’

सांसद भट्टराईले प्रेस स्वतन्त्रता र मिडियाको उत्तरदायित्व दुवै सुनिश्चित गर्ने गरी विधेयक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘यदि मिडियाको हक र नागरिकको हकलाई प्रत्याभूत गर्ने अधिकारलाई आधार बनाएर कानुन बनायौं भने मिडिया स्वतन्त्र पनि हुन्छ, उत्तरदायी पनि,’ उनले भनिन् ।

समितिको बैठकमा अन्य सांसदहरूले पनि मिडिया काउन्सिलको संरचना, अधिकार, जिम्मेवारी तथा पारदर्शिता लगायतका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal