आज :

मोहन सर- स्कुल छोडेर गाउँपालिका हाँक्ने दौडमा

  • दीपक बोहरा

तुलसीपुर । पार्टीका नेता कार्यकर्ता मात्रै होइन्, आम नागरिकको मुखमा झुण्डिएको एउटा नाम हो– मोहन सर । शालीन, भद्र स्वभावका मोहनलाल वली अहिले गाउँपालिका हाँक्ने दौडमा छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी वली आउँदो स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका वली सबैका आदर्शका पात्र हुन् । ‘उहाँलाई पार्टीभित्र होस्, या बाहिर सबैले मोहन सर भनेर सम्बोधन गर्छन्’ माओवादी केन्द्र शान्तिनगरका सहसचिव हिरा सुनार ‘सारथी’ भन्छन् ‘समाजमा पनि उहाँको छवि स्वच्छ भएकाले नै पार्टीले उहाँलाई अघि सारेको हो ।’ पार्टीभित्र मात्रै होइन्, बाहिर पनि उनको त्यस्तै क्रेज छ । अन्य पार्टीले पनि उनलाई त्यत्तिकै आदर्श मान्छन् । ‘उहाँ एउटा पार्टीको मात्रै होइन्, समग्र शान्तिनगरको अभिभावक हो, सबैको आदर्श हो’, शान्तिनगरका एक एमाले नेताले भने, ‘उहाँबाट धेरैले आशा पनि गरेका छन् ।’

उनी न त अहिलेसम्म कुनै विवादमा मुछिएका छन्, न त एक पक्षीय बनेर नै निर्णय गर्छन्, उनी सामाजिक हितका लागि सामूहिक निर्णय गर्न माहिर नेता मानिन्छन् । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मासँग सँगै पढेका मोहन राजनीति रुपमा पनि पुराना नेता हुन् । रुकुम होस्, वा दाङमा कम्युनिष्ट जग बसाल्ने एक नेता हुन् । ‘लुकी–लुकी संगठन विस्तार गर्न जानुपथ्र्यो, कहिल्यै भीरबाट लडेर, कहिल्यै खोलाले बगाएर पनि बाँचेका हौं’, उनले भने, ‘निकै कठीन संघर्ष गरेर संगठन निर्माण गरेका हौं ।’ लोकेन्द्र विष्टसँगै संगठन विस्तार गर्न जाने क्रममा साँख खोलाले बगाउँदा बल्ल–बल्ल उत्रिएर बाँच्न सफल भएको उनी सम्झिन्छन् । उनले २०३६ सालदेखि कम्युनिष्टको राजनीति सुरु गरेका हुन् । त्यतिबेला उनी विद्यार्थी संगठनमा आबद्ध थिए ।

२०४० सालमा उनी रुकुममा विद्यार्थी संगठनको अध्यक्ष भए । २०४७ सालमा तत्कालीन मसालको दाङको पश्चिम एरिया सेक्रेटरी भए । २०५३ मा माओवादीको जिल्ला कमिटी सदस्य भएका उनी २०६२ मा थारुवान राज्य कमिटी सदस्य भएका थिए । २०७२ सालमा पार्टीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष भएका उनी २०७४ सामलमा संगठनको केन्द्रीय सदस्य भएका छन् ।

उनको राजनीतिक जीवनसँगै शिक्षणमा पनि उत्तिकै योगदान छ । उनले ४० बर्ष शिक्षण पेशा अंगालेका छन् । यो बीचमा ३१ बर्षसम्म शान्तिनगर गाउँपालिकास्थित मावि सिमसुन्दरपुरमा शिक्षण गरे । ‘मैले मेरो जीवन शिक्षण पेशामा व्यतीत गरेको छु’, उनले भने, ‘मेरा विद्यार्थीहरु कोही जागिरे भएका छन्, कोही राम्रा व्यवसायी बनेका छन्, ती विद्यार्थीहरु मलाई सम्झिरहन्छन् ।’ उनले शिक्षणमात्रै गरेनन्, शिक्षामा परिवर्तन पनि गरे । उनकै पलहमा मावि सिमसुन्दरपुरमा मावि, उच्च मावि हुँदै प्राविधिक शिक्षा पनि सुरु भयो । यो पहल पनि शान्तिनगरवासीले निकै खुसीको कुरा हो । अहिले त्यहाँ कृषि पढाइ हुन्छ । ‘पहिले प्राविधिक शिक्षा पढ्न तुलसीपुर, घोराहीलगायत काठमाडौं पुग्नुपर्ने अवस्था थियो’, शान्तिनगर २ निवासी अशिम चौधरीले भने ‘तर, अहिले गाउँमै प्राविधिक शिक्षा पढ्न पाइने भएपछि सहज भएको छ ।’

प्राविधिक शिक्षा नै स्वरोजगार भएको भन्दै उनले यसलाई आफूले प्राथमिकतामा राखेको उम्मेवार वलीले बताए । उनले गरेको राजनीतिक तथा शिक्षण क्षेत्रको अनुभवलाई अब नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने धोको छ । शान्तिनगरलाई साँच्चिकै ‘शान्तिनगर’ बनाउने दौडमा उनी छन् । विकट शान्तिनगरलाई सुगम शान्तिनगर बनाउने, अभावमा गुज्रिएको शान्तिनगरलाई समृद्ध शान्तिनगर बनाउने उनको योजना छ ।

उनले जनताका हरेक समस्या समाधान गर्न गाउँपालिकामा आफ्नो नेतृत्व आवश्यक रहेकाले जनताको माग अनुसार आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् । ‘शान्तिनगरलाई जनताले साँच्चिकै शान्तिनगर भएको हेर्ने चाहना गरेका छन्’, उनले भने, ‘जनताको यो चाहना पूरा गर्न सक्ने नेतृत्वका रुपमा जनताले मेरै माग गरेकाले म चुनावी मैदानमा होमिएको हुँ ।’ उनी आत्मनिर्भर गाउँपालिका बनाउनका लागि अर्थतन्त्रको विकास गर्ने, निःशुल्क शिक्षा, सशक्त, असहायलाई निःशुल्क उपचार गर्ने विकासमा सर्वपक्षीय सहभागि, एक गाउँ–एक पोखरी, एक गाउँ–एक पार्क’ जस्ता नारा लिएर जनतामा गएका छन् । उनले जग्गाको खण्डीकरण रोकी कृषि क्षेत्रको विकास गर्ने, वास्तविक किसान पहिचान गरि प्रोत्साहन गर्ने, युवा दुव्र्यसनी रोक्ने बताए ।

यस्तै थुप्रै जनहितकारी एजेण्डाहरु जनतामाझ लिएर गएकाले जित्ने आधार रहेको समेत उनले बताए । अर्को जित्ने आधार भनेको शान्तिनगर माओवादीको बलियो वडा भएको समेत उनले बताए । उनका अनुसार ७ वडामध्ये ४ वडामा माओवादी बलियो रहेको र अन्य वडामा पनि माओवादीको सशक्त सहभागी रहेकाले पनि जित निकाल्न आफूलाई सजिलो हुने बताए । उनका अनुसार १, २, ५ र ७ नम्बर वडा माओवादीका बलियो वडाहरु रहेको उनले बताए ।

त्यसमा पनि आफ्नो स्वभाव सरल रहेको, कुनै पनि विवादित निर्णय नगर्ने छवि बनाएको, जनतासँग सहजै भिज्न सक्ने भएकाले पनि जित्ने आधार रहेको समेत उनले बताए । त्यस्तै माओवादीकै नीतिमा मुलुक चलिरहेकाले माओवादी नै नेतृत्वमा जानुपर्छ, भन्ने मान्यता रहेकाले त्यो पनि एउटा जित्ने आधार रहेको उनको भनाई छ । उनी एउटा गरीब परिवारमा हुर्किएका व्यक्ति हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal