आज :

आज र भोलि स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ता हुँदै

  • अनलाइन डबली

काठमाडौं । आज र भोलि पालिकाका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गर्दैछन् । यही ३० गते हुने चुनावका लागि दुई दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशभरका पालिकामा राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज र भोलि देशभर ६ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा ६ हजार सात सय ४३ वडाको लागि उम्मेदवारी दिन सकिने बताएको छ । पाँच वर्ष कार्यकाल सकिएसँगै नयाँ पाँच वर्षको लागि मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधिले उम्मेदवारी दिनेछन् ।

हरेक वडामा अध्यक्ष र चार सदस्य हुन्छन् । उम्मेदवारले एक जना सार्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ । मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ ।

२१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् । ३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मनोनय दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ । तर, मनोनय दर्ता गर्नुपर्ने दिन आइसक्दा समेत सत्तागठबन्धन दललाई उम्मेदवार टुङ्ग्याउनै सकस परिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal