आज :

प्रधानमन्त्रीको जवाफ- अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारवाही

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कारवाही गरिएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन दलको बैठकमा नेताहरुलाई जवाफ दिएका छन् । बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरलाई कारवाही गरिएको विषयमा जवाफ मागेका थिए ।

प्रधानमन्त्री देउवाले थापा र पुनलाई जवाफको दिँदै अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको बताए । देउवाले मन्त्रीलाई असहयोग गर्नु गभर्नरको कर्तव्य भएको बताउँदै अर्थमन्त्रीले असहयोग गरेको बताएका कारण कारवाही गरिएको बताए ।

बैठकमा देउवाले देशमा संकट भएको बेला अर्थमन्त्रीलाई असहयोग गर्नु भनेको सरकारलाई असहयोग गरेको बताएको एक नेताले बताए । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो, अर्थमन्त्रीलाई असहयोग गर्नु भनेको सरकारलाई असहयोग गर्नु हो । यस्तो बेलामा गभर्नरले असहयोग गर्दा चुप लाग्न सकिँदैन ।’

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो । जाँचबुझ समिति बनाएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतले गभर्नरमाथि गरिएको कारवाहीको विरोध जनाउँदै आएका छन् । एक जना व्यवसायीको खाता रोक्का गरिएको विषयमा छानविन गर्न अर्थमन्त्री दिएको आग्रहलाई गभर्नर अधिकारीले संचारमाध्यमहरुलाई सूचना दिएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका अधिकारीले वर्तमान सरकारलाई सुरुदेखि नै असहयोग गर्दै आएका थिए ।

सरकारलाई सहयोग गर्नेगरी देश आर्थिक संकटमा गएको बताउँदै श्रीलंका जस्तै हुन सक्ने भन्दै गभर्नर अधिकारीले बोलेपछि विवाद परेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal