आज :

सरकारलाई असहयोग गर्ने गभर्नर अधिकारी निलम्बन, तिम्सिना कायम मुकामय

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको छ । शुक्रबार सरकारले अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकामय बनाएको छ ।

सरकारविरुद्ध गभर्नर अधिकारीले नै लागेको आरोप लाग्दै आएको थियो । आर्थिक संकटको हल्ला अधिकारीले नै चलाएको सरकारी अधिकारी बता्उँछन् । अधिकारीलाई दुई वर्षअघि २०७६ चैत २५ गते केपी ओली नेतृत्वको सरकारले गभर्नर नियुक्त गरेको थियो ।

अधिकारी पाँच वर्षको लागि नियुक्त भएपनि वर्तमान सरकार गठन भएदेखि  उनले असहयोग गरेको बताइएको छ । अर्थमन्त्रालयका अधिकारीका अनुसार गभर्नर अधिकारी प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री प्रभाकर विरुद्ध लागेका थिए ।

शुक्रबार एक सार्वजनिक कार्यक्रमा अर्थमन्त्री प्रभाकरले राष्ट्र बैंकका अधिकारीहरु नै अनुशासनमा नरहेको र आन्तरिक सूचना संचारमाध्यमहरुलाई दिएको भन्दै त्यो नगर्न आग्रह गरेका थिए । मन्त्री प्रभाकरले राष्ट्र बैंक अर्थमन्त्रालयका सल्लाहकार भएकोले आफूले सल्लाह माग्दा त्यसलाई बाहिर लैजाने गरेको बताएका थिए ।

गभर्नर अधिकारीले नेपालमा आर्थिक संकट पैदा भएको र श्रीलंकाको अवस्थामा पुग्न लागेको बताएको र त्यही कुरालाई लिएर केही बजारमा नेपाल चरम आर्थिक संकटमा भएको हल्ला चलाइएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

शुक्रबारको कार्यक्रममा मन्त्री प्रभाकरले नेपाललाई श्रीलंका बनाउने केहीले सपना देखेको र त्यो पूरा हुन नदिने बताएका थिए । उनले नेपाल र श्रीलंका एउटै नभएको बताउँदै त्यस्तो समस्या नहुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal