आज :

बारमा एमाले निल ! लोकतान्त्रिक प्रगतिशील समूह विजयी

काठमाडौं । नेपाल बार एशोसिएशनको चुनावको अन्तिम चुनावी परिणाम सार्वजनिक हुँदैछ । पछिल्लो मत गणनाअनुसार सत्ता गठबन्धन निकट कानुन व्यवसायीको बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको जित पक्का भएको छ ।

सो समूहबाट अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित अधिकांश पदाधिकारी जित नजिक पुगेका छन् । घिमिरेले ३ हजार ७२८ मत ल्याउँदा नेकपा एमाले निकट कानुन व्यवसायीको तर्फबाट अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मात्रै मत पाएका छन् । अब गणना हुन हजार मत भन्दा कम रहेको र घिमिरे समूहको जित पक्का भइसकेको छ ।

त्यसैगरी घिमिरे समूहबाटै महासचिवमा अन्जिता खनालको जित पक्का भएको छ । उनले ३ हजार १७५ मत ल्याउँदा एमाले निकट उम्मेदवार केदार कोइरालाले २ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् ।

मतगणना स्थलमा रहेका एक कानुन व्यवसायीका अनुसार सबै पदमा घिमिरे प्यानल अगाडि छ । उनका अनुसार बारेमा एमाले निल हुने सम्भावना छ । घिमिरे प्यानलका एक कानुन व्यवसायीले यस पटक नेपाल बार एसोसिएशन एमाले निल हुने बताए ।

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal