आज :

महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा विहानैबाट अनिश्चितकालिन कर्फ्यु जारी

काठमाडौं । एक जना महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा विहानैबाट कर्फ्यु लगाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अर्को आदेश नभएसम्म बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ ।

दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर क’र्फ्यु लगाइएको छ ।

होली खेल्ने क्रममा शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीय बासिन्दा र प्रहरीबीचको झडप भएको थियो । प्रहरीले शिक्षकलाई बचाउन खोजेको भन्दै स्थानीय र विद्यार्थी प्रहरीसँग आक्रोसित भएका थिए ।

शिक्षकले शुक्रबार गरेको दुर्व्यवहारबारे विद्यालयमा छलफल भइरहेको बेला तनाव उत्पन्न भएको थियो । झडपमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो। घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन् ।

होली खेल्ने क्रममा घर पुगेका शिक्षकले १२ वर्षीया छात्रालाई दुर्व्यवहार गरेका थिए । छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal