![](https://onlinedabali.com/wp-content/uploads/2022/03/khagraj-bhatta-e1647308766631.jpg)
धनगढी । नेकपा एमालेबाट निर्वाचित स्थानीय तहको जनप्रतिनिधिसहित विभिन्न पार्टी परित्याग गरी तीन दर्जनबढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर माला लगाएर स्वागत गरेका थिए ।
एमालेबाट निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाकी कावाअध्यक्ष पुजादेवी बुढामगर, नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, लालझाडी गाउँपालिकाबाट दुइपटक एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउँपालिका बझाङका नेता लालबहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा पनि माओवादीमा प्रवेश गरेका छन् ।
यसैगरी एमालेबाट बैतडीको डिलासैनी गाउँपालिका – ४ को सदस्यमा निर्वाचित राम बहादुर नेगी, नयाँ शक्ति पार्टीबाट२०६४ सालमा अध्यक्षका उम्मेदवार बिरबहादुर चौधरी, लम्की चुहा नपा २, नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्र बहादुर चौधरीलगायत समेत पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
त्यसैगरी कैलालीका काँग्रेस नेता पदम बहादुर बलायर, एमाले डोटीका जिल्ला कमिति सदस्य चन्द्रदेव पाठक, बाजुराका एमाले नेता हिम्मत बहादुर शाही, एमाले कैलालीका जिल्ला सल्लाहकार मनिराम सुनार, कांग्रेसका नेता नवीना खडका, एमाले नेता दशरथ न्यौपानेलगायत रहेका छन् ।