आज :

आज ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः कसरी सुरु भएको थियो ?

काठमाडौं । आज ८ मार्च अर्थात ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस । श्रम र मताधिकारको लागि महिलाहरुको संघर्षको सफलतालाई सम्मान गर्न यो दिवस मनाइन्छ ।

अमेरिकाको न्यूयोर्क सिटीमा सन् १९०८ मा १५ हजार महिलाले काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित आन्दोलन गरेका थिए । सन् १९०८ मा अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

सन् १९१० मा समाजवादी महिला नेतृहरुको पहलमा कोपनहेगनमा भएको श्रमिक महिला अन्तर्राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी महिला नेतृ क्लारा जेट्किनले महिलाको अधिकार प्राप्तिको आन्दोलनलाई विश्वव्यापी बनाउन भन्दै श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् ।

सोही सम्मेलनले ८ मार्चको दिन यसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो । समाजवादी महिला नेतृको पहलमा श्रमिक महिलाको पक्षमा लडेका १७ देशका १०० महिला सहभागी थिए । उनीहरु सबैले जेट्किनको प्रस्तावलाई एकमतले स्वीकार गरेका थिए ।

सोही सम्मेलनको निर्णयअनुसार पहिलो पटक सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा अन्तर्राष्ट्रिय महिला दिवस  मनाइयो।

त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।

सन् १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो आन्दोलनले जारलाई सत्ताबाट ढलाउन सहयोग गर्यो । यो आन्दोलनको नेतृत्व लेनिनले गरेका थिए । अन्तरिम सरकारले महिलाहरूलाई वोट दिने अधिकार दियो।

महिला अधिकारको आन्दोलनको रुपमा सुरु गरिएको यो दिवसलाई संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा आधिकारिक मान्यता दियो । सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै” भन्ने विषयलाई आत्मसात् गर्‍यो।

श्रमिक महिलाको अधिकारलाई स्थापित गर्ने उद्देश्यले सुरु भएको यो दिवस अहिले फेसको रुपमा विकृत भएको आरोप पनि लाग्ने गरेको छ । खासगरी हुनेखाने र शासन सत्तामा रहेका महिलाहरुले यसलाई फेसको रुपमा मनाउने थालेकोले नै विकृति भएको श्रमिक महिलाका अगुवाहरुले बताएका छन् ।

यो दिवस मनाउन थालेको १ सय १२ वर्ष भएको छ । त्यसैले आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ । नेपालमा सरकारले महिलाहरुलाई आज सार्वजनिक बिदा दिँदै आएको छ । नेपालमा भने यो दिवस वि.सं. १९७५ देखि मनाइँदै आइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal