आज :

राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा रुसले प्रयोग गर्‍यो ‘भिटो पावर’, अमेरिकी योजना असफल

काठमाडौं । रुस र युक्रेनको यु द्ध सुरु भएको आज तेस्रो दिन । रुसी सेना युक्रेनको राजधानीका केही क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले विवरण सार्वजनिक गरेका छन् ।

यसै बिषयमा छलफल गर्न र रुसविरुद्ध निन्दा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठक बसेको छ । उक्त बैठक उक्त एजेण्डामा पास गराउन असफल भएको छ । रुसले भिटो पावर प्रयोग गरेर अमेरिकासहित पश्चिमा देशहरुको प्रस्तावलाई फेल गरिदिएको छ ।

प्रस्तावको पक्षमा ११ राष्ट्रले भोट दिए भने भारत, चीन र युएईले भोटिङमा भाग लिएनन् । युक्रेनमा रुसी सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो । तर, रुसले भिटो प्रयोग गरेर असफल बनाइदियो ।

रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र ब्रिटेन छन् । उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ ।

सुरक्षा परिषदको बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आ क्रमणको बचाउ गर्दै डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताएका थिए ।

यसैगरी अमेरिकी राजदूतले युक्रेनमा गरिएको आ क्रमणको निन्दा गर्दै रुसले भिटोको गलत प्रयोग गरेको बताएकी थिइन् ।

युक्रेनका राष्ट्रपतिले गरेको वार्ता प्रस्ताव रुसले ठाडै अस्वीकार गरिदिएको छ । उसले अमेरिकी पिछलग्गुसँग कुनै वार्ता नहुने समेत बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वार्ताको प्रस्ताव अस्वीकार गर्दै हमला जारी राख्ने बताएका छन् ।

यसैबीच पुटिनले चीन र भारतसँग वार्ता गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal