आज :

कोरोना खोप अनिवार्य गरेपछि क्यानाडामा आन्दोलन, प्रधानमन्त्रीले निवास छोडे

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने निर्णयको विरोधमा क्यानाडामा आन्दोलन जारी छ । आज तेस्रो दिन पनि राजधानीका सडकमा जाम गरिएका छन् ।

क्यानडा सरकारले सीमा पार गर्ने ट्रकका चालकलाई खोप अनिवार्य गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री जस्टिन ट्र्डोले क्यानडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा खोप लगाउनु पर्ने प्रस्ताव ल्याएपछि आन्दोलन सुरु भएको थियो । अहिले आन्दोलनमा अन्य मागहरु पनि समावेश गरिएका छन् ।

कतिपय प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् । विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन ठप्प भएको छ । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फासीवादसँग तुलना गरेका छन् ।

प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ । बीबीसीका अनुसार प्रदर्शनकारीले घर घेरेपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित घर छाडेका छन् । तर, उनी कता गए भन्रे बारे सरकारी अधिकारीले केही बताएका छैनन् ।

सुरुमा प्रदर्शनकारीविरुद्ध प्रधानमन्त्रीले अभिव्यक्ति दिएका थिए । उनले प्रदर्शनकारीलाई ‘अल्पसङ्ख्यक’ भन्दै टिप्पणी गरेका थिए । त्यसपछि आन्दोलनमा अन्य मानिसहरुले पनि साथ दिएका छन् ।

बीबीसीका अनुसार राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू “निन्दनीयभन्दा पनि माथि” भएको बताइन्।

ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्। उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए।

सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन्। क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal