आज :

अन्ततः मन्त्री आलेले पशुपति धर्मशालामा होटल चलाउने बताससँगको सम्झौता रद्द गर्ने निर्णय गरेरै छोडे

काठमाडौं । अन्ततः पशुपति धर्मशाला लिजमा लिएर होटल चलाउन बतास अर्गनाइजेसनसँगको भएको सम्झौता हुने भएको छ । मंगलबार बसेको पशुपति क्षेत्र विकास संचालक परिषद्को बैठकले बताससँगको सम्झौता गर्ने निर्णय गरेको हो ।

राजनीतिक पहुँच र आर्थिक शक्तिको दुरुपयोग गरी धर्मशाला जिलमा लिएको निष्कर्ष निकाल्दै परिषद्ले सम्झौता रद्द गर्ने त्यसमा संलग्न कर्मचारीलाई कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

परिषद्का अध्यक्ष समेत रहेका पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बैठकले धर्मशालामा होटेल चलाइरहेको बतास अर्गनाइजेसनको होटेल आनन्द प्रालिसँग स्पष्टीकरण सोध्नेलगायत कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । ती सबै प्रक्रिया पूरा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको नेतृत्वमा समिति गठन गरिएको छ । जसमा कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे सदस्य छन् । समितिले होटेल आनन्द प्रालिसँग स्पष्टीकरण लिएर सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउने म्यान्डेट पाएको छ ।

परिषदबाट स्वीकृति नै नलिई सेटिङका आधारमा कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालले ३० वैशाख ०७६ मा बतास अर्गनाइजेसनलाई होटेल चलाउन धर्मशाला लिजमा दिएका थिए ।

मन्त्रीले आलेले धर्मशालाको अवलोकन गर्दै कानुन विपरित सम्झौता भएको पाइए रद्द गर्ने बताएका थिए । सम्झौता रद्द नगराउन आनन्द बतासले ठूलो चलखेल गरेपनि सफल हुन सकेनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal