
काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण बढिरहेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दिनदिनै संक्रमितको करिब दोब्बरले बढिरहेको छ ।
मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार छिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ ।
यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।