आज :

ओली ‘हजुरबा’ ले भनेपनि मान्दिँन, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएरै छोड्छुः प्रसाई

काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । आज दिनभरी सहमतिको प्रयास र नयाँ नेतृत्वय चयनको सूची बनाउने भन्दै बन्दसत्र सुरु हुन सकेन । साँझ ७ बजे बस्ने भनिएपनि बन्दसत्र सुरु हुन सकेन ।

नयाँ नेतृत्वको आकांक्षा राखेर चितवन पुगेका नेताहरु आक्रोसित भएका छन् । सहमतिको नाममा आफ्नो अधिकार खोस्न लागिएको भन्दै चुनावी प्रक्रियामा जानुपर्नेमा जोड दिइरहेका छन् । खासगरी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रयास गरिरहेको बताइएको छ । पार्टीमा सहमतिय प्रयास गर्ने ओलीले अन्तिम प्रयास जारी छ ।

अध्यक्षमा उपाध्यक्ष भीम रावलले आफू सर्वसम्मत गर्न तयार नभएको बताइहेका छन् । त्यसैगरी हालका उपमहासचिव घनश्याम भुसाल पनि चुनावी प्रक्रियामा जानुपर्नेमा जोड दिइरहेका छन् ।

चुनावी प्रक्रियामा गएर नेतृत्व चयन गर्नुपर्नेमा नवप्रवेशी दुर्गा प्रसाईले पनि जोड दिइरहेका छन् । हालै एमाले प्रवेश गरेका प्रसाईले आफूले केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिने बताइरहेका छन् ।

बन्दसत्र हल बाहिर प्रसाईले पत्रकारहरुसँग कुरा गर्दै सहमति गर्ने भए सौराहमा भेला किन गरिएको भन्दै नेताहरुलाई प्रश्न गरिरहेका थिए । उनले आफू अध्यक्ष ओलीलाई ‘हजुरबा’ भन्दै आफ्नो अधिकार खोस्न नसक्ने बताए । उनले हजुरबाले फिर्ता हुन पनि आफूले नमान्ने घोषणा गरिरहेका थिए । उनले आफ्नो अधिकारी कसैले खोस्न नसक्ने बताउँदै उम्मेदवारीको सम्पूर्ण तयारी भइरहेको बताए ।

उपाध्यक्ष रावलले मध्यराति बन्दसत्र गर्न खोज्नु संस्थागत धाँधली भएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal