आज :

एमामको दशौं महाधिवेशनः आज उद्घाटन, विहान १० बजेदेखि साँझसम्मै राजमार्ग अवरुद्ध

काठमाडौँ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । आज पहिलो दिन महाधिवेशनको उद्घाटन गरिनेछ ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उदघाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता÷कार्यकर्ता सहभागी हुने एमालेले दाबी गरेको छ ।

राजमार्ग अवरोध गरेर महाधिवेशनको उद्घाटन गरिन लागिएको हो । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित धेरै नेताहरु चितवन पुगिसकेका छन् ।

उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको एमाले चितवनले बताएको छ । चितवनका विभिन्न ठाउँमा गरी ५० वटा स्वागत गेट र २५ ठाउँमा सेल्फी प्वाइन्ट बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।

महाधिवेशनको सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।

एमालेले महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने जनाएको छ । अन्य जिल्लाहरुबाट आएका सहभागीहरु सातैवटै जुलुसमा सहभागी हुने एमाले चितवनका अध्यक्ष पार्वती रावलले जनाएकी छन् ।

अध्यक्ष रावलका अनुसार पूर्व – पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइने पनि नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी भने चल्न पाउने छन् ।

अहिले विहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउने छैनन् । तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal