
काठमाडौं । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना यान्डरसनले नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्। प्रधानमन्त्री यान्डरसनले गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि राजीनामा दिइएकी हुन् ।
म्याग्डलेना बुधवार प्रधानमन्त्री नियक्त भएकी थिइन् । नियुक्ती हुनुपूर्व समर्थन गरेको ग्रीन्स पार्टीले बजेटको विषयलाई लिएर फिर्ता लिएको थियो । योसँगै बजेट पारित हुनसकेन।
ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बताउँदै बजेट स्वीकार गर्न नसकेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
राजिनामा दिएर पुनः प्रधानमन्त्री बन्ने भन्दै यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको बनाउने कोशिश गर्ने बताइन्। उनले गठबन्धन दलले सरकार छोडेपछि राजिनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको समेत बताइन् । स्वीडेनको कानुनअनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ।
स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन्। उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले उठेर तालि बजाएका थिए।
संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन्।
सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।