आज :

आयल निगम घाटामा छ, मूल्य समायोजन नगरे संस्था नै बन्द हुन्छः प्रवक्ता उपाध्याय

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले संंस्था घाटामा रहेको भन्दै अहिलेकै अवस्था रहे बन्द हुन सक्ने बताएका छन् । उनले मूल्य समायोजना नभए पाँच दशकको इतिहास बोकेको संस्था बन्द हुन सक्ने बताए ।

संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पेट्रोलियमको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नु परेको बताए । निगमले पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजनको गरेको बताउँदै भने, “वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु ।”

प्रवक्ता उपाध्यायले आयल निगम घाटामा भएको विषय त दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनु पर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत बताए । उनले भने, “यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन् ।”

कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहादा मासिक ५ अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको बाताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal