आज :

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्याससहित नयाँ मूल्य कति ?

काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको छ ।

गएरातिदेखि लागू हुने गरी  निगमले नयाँ मूल्य बढाइएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १ सय १६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्याँसमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले बढाएर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा दुई अर्ब २२ करोड रुपैयाँ घाटा भएको पनि निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal