
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सानो आकारको मन्त्रिमण्डल बनाएका छन् । आजै मुख्यमन्त्री पाण्डे र अन्य तीन मन्त्रीले शपथ लिएका छन् ।
बिहीबार अपरान्ह प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका थिए । त्यस्तै,
मुख्यमन्त्री पाण्डेले काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ खुवाएका छन् ।
मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।
एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् । उनलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।