आज :

त्रिवेणी दोस्रो गोल्डकपमा प्रथम हुने खेलाडीहरुलाई सम्मान

कालीकोट । सान्नी त्रिवेणी गाउँपालिकामा भएको त्रिवेणी दोस्रो गोल्डकपमा प्रथम स्थान ल्याउने खेलाडीलाई सम्मान गरिएको छ । खाँडाचक्र नगरपालिकाको वडा न. ११ ले बराँतुमा सम्मान गरेको हो । दशैंको अवसर पारेर सम्मान गरिएको खेलाडी जीवन गिरीले बताए ।

उक्त गोल्डकपमा खाँडाचक्र नगरपालिकाको बराँतु फुटबल क्लव प्रथम आएको थियो । सम्मान कार्यक्रममा वडा न. ११का वडाअध्यक्ष पुष्पराज गिरीको प्रमुख आतिथ्यता तथा बाल विकास आधारभूत विद्यालय बरातुको आयोजनामा सम्मान गरिएको थियो ।

त्रिवेणी दोश्रो गोल्ड कप २०७८ मा बरातुका प्रथम खेलाडीहरुलाई सामान कार्यक्रम राखेको बताइएको छ । वालविकास आधारभुत विद्यलायका प्रधानध्यापक टेक भारती, शिक्षक अजबहादुर गिरी, लोगराज गिरी, अकरे कठायत, गोविन्द रोकाय, मनबहादुर भारतीलगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

क्लवले यस अघि विभिन्न ठाउँबाट स्थान ल्याउन सफल रहेको चर्चा गर्दै आगामि दिनमा अझै सफलता हांसिल गर्ने चर्चा सहित सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बधाई दिएका छन । दोस्रो त्रिवेणि कपमा प्रथम बरांतु फुटबल क्लव आएको थियो भने लियो क्लव नरहरिनाथ दोस्रो र कोटबाडा क्लव तेस्रो आएको बताइएको छ ।

सो खेलमा सहभागि क्वहरुलाई प्रथम ३० हजार, दोस्रो २० हजार र तेस्रो १० हजार राशि सहित मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।

दश्रै तिहारको अवसरमा कालीकोट जिल्लाका विभिन्न स्थानमा खेलकुद आयोजना गरिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal