
काठमाडौँ । झण्डै तीन महिनापछि सरकारले शुक्रबार पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हेरफेरसहित नयाँ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
राष्ट्रपति भण्डारीले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ खुवाएकी खुवाकी छन् । सबै मन्त्रीहरुले शुक्रबार साँझ नै पदभार ग्रहण गरेका छन् । अब देउवा नेतृत्वमा २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसपटक कसैलाई पनि उपप्रधानमन्त्री बनाइएन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रीहरुलाई जनताको अपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमानदारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको थिए । पहिलो बैठकले सरकारको प्रवक्तामा कार्कीलाई तोकेका छ ।
त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
लामो समयदेखि विना मन्त्रीका मन्त्रालयमा आजबाट जनताका कामको कुशलतापूर्वक अगाडि बढ्ने एक मन्त्रीले बताए ।