
काठमाडौँ । ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनलाई धम्की दिएकी छन् । उनले चीनले ताइवानलाई नियन्त्रणमा लिए विनाशकारी नतिजा हुने बताएकी छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार वेनले अहिलेसम्मकै ठूलो धम्की दिएकी हुन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार साई इंग–वेनले विदेशी मामिलामा एउटा लेखा “भर्खरै, ३८ वटा चिनियाँ लडाकु विमानहरु ताइवानको हवाई क्षेत्र अतिक्रमण गर्ने क्रममा प्रवेश गरे।’
मंगलबार ताइवानका प्रधानमन्त्री सु सेउ–चानले चीनको आक्रामकताले क्षेत्रीय शान्तिलाई खतरा रहेको र ताइवान सतर्क रहनुपर्ने बताएका छन्। चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले अक्टुबरको पहिलो चार दिनमा ताइवानको हवाई क्षेत्रमा करीब १५० विमान पठाएको थियो।
फ़रेन अफ़ेयर्समा साई इंग–वेन विदेशमा लेखेकी छन्,“हामी शान्ति चाहन्छौं तर ताइवान हाम्रो लोकतन्त्र र जीवन पद्धतिको लागि खतरा छ भने आत्मरक्षाको लागि आवश्यक सबै गर्नको लागि तयार छ।” उनले यदि ताइवान चीनको हातमा गयो भने यो क्षेत्रीय शान्तिको लागि विनाशकारी हुने कुरा विश्वले जान्न पनि आवश्यक रहेको बताएकी छन् । यो लोकतान्त्रिक साझेदारीको लागि विध्वंसकारी साबित हुने समेत चेतावनी दिएकी छन् ।
यो चेतावनीपछि चीन विरोधी पश्चिमा देशहरु खुशी भएका छन् भने चीनले जवाफ फर्काउने तयारी गरिरहेको बताइएको छ ।