
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन गरेको छ । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको हो ।
दलको नेता चयन भएपछि अब नेपालले नियमावली अुनसार अब प्रमुख सचेतक र सचेतक तोक्ने तयारी गरेका छने । भदौ ९ गते नेकपा (एमाले) बाट अलग भएको औपचारिक रुपमा वैधता पाएको एकीकृत समाजवादीको संसदीय दलमा ३० सांसद रहेका छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका ७ सांसद एमाले परित्याग गरेर एकीकृत समाजवादीतिर लागेका थिए ।
एमालेसँग विभाजन भएपछि पहिलो पटक एकीकृत समाजवादीको दलको बैठक बसेको थियो । अब नेता नेपालले सरकारमा सहभागी हुने मन्त्री छनोट गर्ने नेताहरुले बताएका छन् ।
यसैबीच नेता नेपालले तत्काल कुनै पार्टीसँग पनि एकता सम्भव नभएको बताएका छन् । केही संचारमाध्यमहरुले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी भइरहेको समाचार सम्प्रेशण गरेका थिए । त्यो पार्टीको कुनै तयारी नभएको एकीकृत समाजवादीका नेताहरुले बताउँदै आएका छन् ।