
काठमाडौँ । तालिबानका उच्च नेता अफगानिस्तान फर्किएका छन् । पूरै देश नियन्त्रणमा लिएपछि कतारबाट धमाधम स्वादेश फिर्ता हुन लाएिका हुन् । तालिबानका संस्थापकमध्येका एक मुल्लाह खब्दुल गनी बरादर कतारबाट अफगानिस्तान पुगेका छन् ।
यसअघिको अमेरिकी कटपुतली सरकारले देश छोडेपनि शिर्ष नेताहरु देश बाहिर रहेकाले तालिबानले सरकारको कुनै रुप दिन सकेको छैन । तालिबानका शिर्ष नेताहरु कतारमा निर्वासित जीवन बिताइरहेका छन् ।
तालिबानको उद्गमस्थल कान्दहार विमानस्थलमा भएर कतारबाट स्वादेश फिर्ता भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यही कान्दहार २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म आधार क्षेत्र रहेको थियो ।
बीबीसीका अनुसार नेता मुल्लाह खब्दुल कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन् ।
को हुन् मुल्लाह अब्दुल गनी ?
मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख बनेका थिए ।
सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन ।
त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने थियो । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा ग¥यो । उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए । पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए ।
सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो । उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे । मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो । उनी दुर्रानी समुदायका भएका ठानिन्छ ।
शिर्ष नेता देश बारिह रहेपनि तालिबानका प्रवक्ताले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरेका छन् । पहिलो पत्रकार सम्मेलनमा तालिबानले मानव अधिकार, महिलाको अधिकार र स्वतन्त्र प्रेस प्रति प्रतिबद्धता जनाएको थियो । यद्यपि उसले इस्लामिक मान्यता अनुसार महिलाहरूले अधिकार पाउने बताएको थियो ।
प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका थिए । आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिएका थिए।