आज :

कोरोना संक्रमणबाट पत्रकार रबिन्द्रसहित १०९ जनाको मृत्यु, ६ हजार २०५ जना निको

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट पत्रकार रबिन्द्र गौतमसहित थप १०९ जनाको ज्यान गएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य समेत रहेका ३८ वर्षीय गौतमलाई जेठ ९ गते चरिकोट अस्पतालबाट थप उपचारको लागि काठमाडौंस्थित नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार दिउँसो निधन भएको महासंघले जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका–३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । उनी इमेज च्यानल, अभियान आर्थिक दैनिक, नवतरंग साप्ताहिकलगायतमा काम गर्नुभएका गौतम पछिल्लो समय अन्नपूर्ण पोष्टको दोलखा सम्वाददाताका साथै रेडियो भिमेश्वरको स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति निकालेर गौतमप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदन व्यक्त गरेका छन् ।

गौतमसँगै कोरोनाकै कारण हालसम्म १९ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

त्यसैगरी देशभर ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज पनि संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । आइतबार देशभर ६ हजार २०५ कोरोना संक्रमणमुक्त भएका छन् ।

आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पहिलोको तुलनामा काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal