News Portal

  • बार्सिलोना र एट्लेटिको मड्रिडको खेल गोलरहित बारबरीमा, बार्सिलोनाले गुमायो शीर्ष स्थानमा पुग्ने मौका

    डबली संवाददाता२०७८ बैशाख २६ गते
    ९१ पटक

    काठमाडौँ । बार्सिलोना र एट्लेटिको मड्रिडको खेल गोलरहित बारबरीमा रोकिएको छ । योसँगै स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

    गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो । खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।

    तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ । हिजो दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ । अबको खेलमा विजयी भएमा रियल शीर्ष स्थानमा पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्