आज :

‘रअ’का नयाँ नेपाल प्रमुख काठमाडौँमा, मिसन- बैशाख २७

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नयाँ नेपाला प्रमुख काठमाडौँ आइपुगेका छन् । कोरोना महामारीसँगै कुनै पनि उच्च भारतीय अधिकारीको नेपाल भ्रमण नभएको बेला रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका हुन् । उनले कार्यभार समाल्न नसमाल्दै नेपाल आइपुगेको बताइएको छ ।

भट्नागर शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेको बताइएको छ । नेपलामा राजनीतिक उतारचढाबमै रहेको बेला भट्नागरको नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । उनी ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारीसहित काठमाडौँ आइपुगेको स्रोतहरुको दाबी छ । त्रिभुवन विमानस्थलका अधिकारीहरुले पनि कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएको बताएका छन् ।

विमानस्थलबाट भट्नागर नेपालस्थित भारतीय दूतावासकै गाडीमा बाहिरिएका थिए । यसअघिका रअका नेपाल प्रमुख अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिएको र भट्नागरले उक्त जिम्मेवारी समालिसकेका छन् । एक हप्ताभित्र उनले पदभार ग्रहण गर्ने बताइएको छ ।
यही बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै संसदको विशेष अधिवेशन बोलाएपछि नेपालको राजनीतिक तत्दै गएको छ ।

कोरोना संक्रमण उच्चबिन्दूमा पुग्दा पनि राजनीतिक पार्टीहरुलाई २७ गतेको परिस्थिति आफ्नो अनुकुलतमा पार्न तीब्र रुपमा लागिरहेका छन् । रअका नयाँ प्रमुख पनि २७ गतेलाई केन्द्रमा राखेर नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई मध्येनजर राख्दै नेपाल आएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न विभिन्न छलफल जारी राखेका छन् । एमालेकै नेता माधव कुमार नेपाल समूहसँग अनौपचारिक रुपमा वार्ता भइरहेको छ । हिजो साँझमात्रै नेपाल समूहका दोस्रो तहका नेताहरु र प्रम ओलीबीच छलफल भएको थियो । ओली र नेपालबीच संवाद गराउने प्रयास जारी नै छ ।

उता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल बनाउने रणनीतिमा छन् । आजै काँग्रेस सभापति शेरबहादुर देउवा र माके अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जनता समाजवादी पार्टी यही विषयलाई लिएर फुटको डिलमा पुगेको छ । यस्तो अवस्थामा बीच प्रधानमन्त्री ओलीले विश्वासको मत पाउछन् भन्ने अहिले नै आधार तयार भइसकेको छैन । यही बेला रअ का प्रमुख नेपाल आएका छन् ।

  • यस समाचारमा यसअघि असावधानिक बस गलत फोटो पर्न गएकोमा क्षमा चाहन्छौं –सम्पादक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal