
काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै ९ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या परीक्षणको झण्डै आधा हो ।
शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३५७९ जनाको ज्यान गएको छ ।
त्यसैगरी शुक्रबार थप २ हजार ९०५ जनामा संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।
आज पनि सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् । यस्तै, काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन् । यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ ।
शुक्रबार थपिएका ३७४ सहित भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ ।
यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित हुनेमा काठमाडौं उपत्यकाभन्दा बहिर रूपन्देहीमा ७३० जना, कास्कीमा ३९३, दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, बाँकेमा २२२, काभ्रेपलाञ्चोकमा १८०, पर्सामा १३०,कैलालीमा १२५, झापामा २१६, धनुषामा १०६, बैतडीमा ११४, नवलपरासी पूर्वमा १००, सुनसरीमा ९८, नवलपरासी पश्चिममा ८७, गोरखा ८३, पाल्पामा ८० जना संक्रमित थपिएका छन् ।
यस्तै नुवाकोटमा ७९, मकवानपुरमा ६३, अछाममा ६२, पर्वतमा ६१, धादिङमा ५९, रौतहटमा ५४, दोलखामा ५१, ताप्लेजुङमा ४९, तनहुँ ४७, कञ्चनपुरमा ४५, म्याग्दीमा ४४, अर्घाखाँचीमा ४२, रामेछाप र स्याङ्जामा ४१÷४१ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार महोत्तरीमा ४०, बारामा ३६, गुल्मी र डडेल्धुरामा ३०÷३० जना, रसुवा र दैलेखमा २८÷२८ जना, कपिलवस्तुमा २७, सर्लाहीमा २६, सिरहामा २५, बर्दिया र डोटीमा २४÷२४ जना, सिन्धुपाल्चोकमा २३, लमजुङमा २२, सिन्धुलीमा २१, सप्तरीमा १६, धनकुटा र संखुवासभामा १५÷१५ जना थपिएका छन् ।
यस्तै इलाममा ११, सल्यान १०, ओखलढुंगामा ९, प्युठानमा ७, तेह्रथुम र बागलुङमा ७÷७ जना, उदयपुरमा ६, रोल्पा र सुर्खेतमा ५÷५ जना, पाँचथरमा ४, भोजपुर, कालिकोट, जुम्ला, हुम्ला र दार्चुलामा ३÷३ जना, सोलुखुम्बु, रूकुम पूर्व, जाजरकोट र बझाङमा २÷२ जना तथा मनाङ र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्षमुनिका २०४ बालबालिका कोरोना संक्रमित थपिएका छन् भने १० देखि १९ वर्षउमेर समूहका ६ सयजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।