आज :

राष्ट्रपति भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक नेपाल-खनालले गरे बहिस्कार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक नेकपा (एमाले)को माधव कुमार नेपाल समूहले बहिस्कार गरेको छ । राष्ट्रपति भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक पूर्वप्रधानमन्त्री माधव कुमार र नेपालले बहिस्कार गरेका हुन् । यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रम पनि बहिस्कार गरिसकेका छन् ।

एमाले नेपाल समूहका नेता विष्णु रिजालका अनुसार नेपाल र खनाल बुधबार र बिहीबार हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुटेकाले नभ्याएर नगएका हुन् । नेपाल र खनालसहितका नेताहरु राष्ट्रिय भेलामा पेश हुने अवधारणापत्र तयारीमा जुटेका छन् ।

राष्ट्रपति भण्डारीले बोलाएको बैठकमा सहभागिताको लागि नेताहरु शितल निवास पुगिसकेका छन् । अहिले चार बजेबाट सुरु हुने कार्यक्रममा सहभागी हुन केही नेताहरु जाँदैछन् । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरुलाई भण्डारीले बोलाएकी छन् ।

प्रधानमन्त्री ओली सत्तासमिकरणमा संकट परेको बेला भण्डारीले सर्वदलीय बैठक बोलाएको बताइएको छ । नेपाल समूहले भने नजाने निर्णय गरिसकेको छ । राजनीति संकट, ओली सरकार संकटमा परेको बेला त्यसलाई सहयोग पुग्ने गरी सर्वदलीय बैठक बोलाइएको भन्दै नेपाल समूहले भने विरोध जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal