आज :

आज मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण, हेलिकोप्टर तयारी अवस्थामा

काठमाडौं । आज पुनः मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । यसअघि परीक्षण गर्दा गेट फुटेर मानवीय क्षति हुन पुगेको थियो । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि फेरि पानी भरेर परीक्षण गर्न लागिएको आयोजनाले जनाएको छ ।

खानेपानी मन्त्री मणी थापाले  आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रमबीच सुरुङमा पानी भर्ने कार्यको उद्घाटन गरेका हुन् । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने आयोजनाले बताएको छ ।

यसअघि असार २९ गते गरिएको परीक्षणको क्रममा हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । परीक्षण असफल भएपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो ।

आजबाट गरिने परीक्षणमा कुनै घटना हुन सक्ने भएकोले हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । घटना भएमा घाइतेहरुको तत्काल उपचारको व्यवस्था समेत गरिएको छ ।

आय‍ोजनाका अनुसार परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।

केही समस्या देखिए त्यसलाई समाधान गरिने छ । यो सबै काम सकिएपछि फेरि पुरानै प्रक्रियाबाट नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal