आज :

कोरोनाका कारण भारतमा एक मन्त्रीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस सबाट संक्रमणबाट भारतमा एक मन्त्रीको ज्यान गएको छ । भारतको उत्तर प्रदेशका सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको निधन भएको छ ।

पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय चौहानको कोरोनाका कारण निधन भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

मन्त्री चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएपछि गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उपचार गर्दा पनि स्वास्थ्य सुधार नभएपछि केही दिनदेखि चौहानलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री चौहानको निधनप्रति दुःख व्यक्त गरेका छन् । मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् ।

यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी र लोकप्रिय नेता भएको बताएका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको पनि स्वास्थ्य अवस्था निधै गम्भीर छ । उनलाई कोमामा लिइएको छ । यसैबीच भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार नाघेको छ । जसमध्ये ५१ हजार बढीको ज्यान गइसकेको छ । विश्वमा २ करोड १८ लाख २६हजार ४४७ संक्रमितको संख्या पुगेको छ ।

सोमबार विहानसम्म आइपुग्दा विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ७३ हजार ७२ पुगेको छ । अहिलेसम्म विश्वमा १ करोड ४५ लाख ६४ हजार बढीले कोरोनासँग जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal