आज :

काठमाडौं उपत्यकामा थप १२७ जना कोरोना संक्रमण, कहाँ कति थपिए ?

काठमाडौं । काठमाडौै उपत्यकामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित लाइभ प्रेस बिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको ज्यान गएको जानकारी दिए । ज्यान गुमाउनेहरुमा ७३ जना पुरुष र २२ जना महिला गरी जम्मा ९५ जना पुगेका छन् ।

त्यसै गरी बिहिबार नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आजको सँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९५७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।मन्त्रालयका अनुसार आज ९ हजार ५५९ पिसिआर परीक्षण भएकामा ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज ज्यान गएका ४ जनामा ३ पुरुष र १ महिला रहेका छन्। उनिहरुमध्ये महोत्तरीका ४५ वर्षीय पुरुष, अछामका १८ वर्षीय पुरुष हुन् । त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङ्गका ५७ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ।

यस्तै इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३ र ३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २र२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १ र १ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २० र २० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज १०९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ८३७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या भने ८ हजार २५ रहेको छ । क्वारेन्टिमा रहनेको सङ्ख्या १४ हजार ७६९ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal