
काठमाडांै । आज भेरी अस्पतालले दिएको जानकारी अनुसार भेरी अस्पतालमा थप ५९ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । तिनीहरु बाके र दाङ जिल्लाबाट लिएको स्याम्पलबाट पुष्टि भएको अस्पतालले बताएको छ ।
ति मध्य बाकेको मात्र २६ जना हुन भने बाकी अन्य बिभिन्न जिल्लाको भएको बताएको छ । यो तथ्याङक हेर्दा बाँकेमा मंगलबार पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
त्यनिहरु बाँके मेडिकल कलेज कोहलपुरका चिकित्सक तथा कर्मचारी र बिरामी भएको पुष्टि भएको छ । त्यनिहरु ध्ोर जसो थपिएका बाँकेका धेरैजसो नेपालगञ्ज बजार क्षेत्रकै छन् ।
बाँके र आसपास क्षेत्रमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिँदा राख्ने ठाउँको समस्या हुन थालेको छ । सुरुवाति चरणमा सञ्चालन गरेर बन्द भइसकेका आइसोलेशन सेन्टरलाई पुनः सञ्चालन गराउँदासमेत बिरामी राख्ने ठाउँको अभाव हुन थालेको अस्पतालले बताएको छ ।
आजै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण अछामका एक पुरुषको निधन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा सोमबार निधन भएको हो ।
आजै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारत बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको निधन भएको थियो । अहिलेसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।