
काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ३ लाख १२ हजार ३ सय १७ को मृत्यु भएको छ । त्यस्तै ४७ लाख १५ हजार बढी संक्रमित भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९० हजार नजिक पुगेको छ भने संक्रमितको संख्या १५ लाख ६ हजार नाघेको छ ।
अमेरिका पछि सबैभन्दा बढी संक्रमितको संख्या रुसमा छ । त्यहाँ २ लाख ७२ हजार बढी संक्रमित छन् भने दुई हजार ५ सयको मृत्यु भइसकेको छ ।
बेलायतमा २ लाख ४० हजार संक्रमित पुग्दा ३४ हजार ४ सय बढीको मृत्यु भएको छ छ । त्यस्तै इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ । स्पेनमा २ लाख ७६ हजार कोरोना संक्रमित मध्ये २७ हजार ५ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ७६ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।
नेपालको छिमेकी भारतमा संक्रमितको संख्या ९० हजार ६ सय बढी पुगेको छ भने २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।
नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ भने एकको मृत्यु भइसकेको छ ।